ad ad

खेल


मुम्बईको वाङ्खेडे क्रिकेट स्टेडियम हेर्न पुगे नेपाली सांसदहरू

मुम्बईको वाङ्खेडे क्रिकेट स्टेडियम हेर्न पुगे नेपाली सांसदहरू

नेपालखबर
माघ २१, २०८० आइतबार १९:५३, काठमाडौँ

 

भारत यात्रामा रहेका नेपालका ८ जना सांसदहरूको टोलीले मुम्बईस्थित विश्वचर्चित वाङ्खेडे क्रिकेट स्टेडियम हेर्न पुगेका छन्। 

सचिन तेन्दुलकरले समेत खेलेको आईपीएल फ्रेन्चाइजी टोली मुम्बई इन्डियन्सको होम ग्राउन्ड हेर्न उनीहरू पुगेका हुन्। 

साताव्यापी भ्रमणमा रहेका नेपालका ८ जना सांसदहरू आइतबार वाङ्खेडे पुगेर अवलोकन गरेका हुन्। 

क्रिकेटको विकासका लागि भारतबाट सहयोग हुने प्रतिवद्धता यसअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले गरेका थिए।

त्यही प्रतिवद्धताको निरन्तरतास्वरुप मुम्बईको बहुचर्चित स्टेडियम भ्रमणमा नेपाली सांसदहरूको टोलीलाई लगिएको हो। 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति ८ जना सदस्यहरूले गत बुधबार लोकसभाका अध्यक्ष ओम बिड्ला र भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि संवाद गरेका थिए। 

समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा ती सांसदहरू अहिले भारत भ्रमणका क्रममा छन्। 

उनीहरू भारतीय लोकसभाको विदेश मामिला समितिको निम्तोमा त्यहाँ पुगेका हुन्। अनुभव आदानप्रदानका लागि यो भ्रमण गरिएको समितिका सभापति यादवले मंगलबार नयाँ दिल्लीस्थित पत्रकारहरूसँग बताएका थिए। 

नेपाली सांसदहरूले यसअघि भारतीय नयाँ संसद् भवन अवलोकन गरेका थिए।

भारत यात्रामा रहेका नेपाली सांसदहरूमा टोली नेता राजकिशोर यादव, सांसदहरू छिरिङ शेर्पा, हरिप्रसाद उप्रेती, शिशिर खनाल, योगेश गौचन, सम्झना थपलिया, गंगाराम चौधरी र सुनिता बराल  छन्। 

यो टोलीमा संसदीय समितिका समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .