ad ad

राजनीति


राजतन्त्रका फर्काउने कुरा दिवास्वप्‍न मात्रै, देश पछाडि फर्किन सक्दैन : योगेश भट्टराई

राजतन्त्रका फर्काउने कुरा दिवास्वप्‍न मात्रै, देश पछाडि फर्किन सक्दैन : योगेश भट्टराई

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार १९:५८, काठमाडौँ

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन्।

उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको बताउँदै यसलाई वर्तमान व्यवस्थाविरुद्ध पनि भने।

प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको बताए। 

उनले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गरे। 

यसैबीच प्रेस चौतारी नेपालले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ। 

पुरस्कृत हुनेमा नेपाल पत्रकार महासङ्घका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गङ्गा लिङ्खिम छन्।

तीनैजना पत्रकारलाई १० हजार एक सय पाँचसहित सम्मानपत्र वितरण गरिएको प्रेस चौतारीका जिल्ला अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .