आईसीसी यू–१९ विश्वकपमा नेपालले अफगानिस्तानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले छैटौँ ओभरमा नै १७ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो।
पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमा नै दिपक डुम्रेको हातबाट क्याच आउट गराए।
दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खालिम तनिवाललाई शून्य रनमा विकेट किपर विपिन रावलको हातबाट क्याच आउट गराए।
छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे। लगातार विकेट पतनसँगै अफगानिस्तान दबामा आएको छ।
57
Shares
प्रतिक्रिया