ad ad

खेल


टाइगर कप : एपीएफकी निरुता र हेल्प नेपालका फरकउद्दिन बने सर्वोत्कृष्ट खेलाडी

टाइगर कप : एपीएफकी निरुता र हेल्प नेपालका फरकउद्दिन बने सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
माघ ६, २०८० शनिबार २०:५, काठमाडौँ

विभागीय टोली एपीएफकी निरुता ठगुन्ना र हेल्प नेपाल स्पोर्टस क्लबका पाकिस्तानी फरकउद्दिन पोखरामा सम्पन्न टाइगर कप भलिबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 

शनिबार सम्पन्न प्रतियोगितामा सर्वोत्कृष्ट बनेका निरुता र फरकउद्दिनले जनही २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे। 

शनिबार भएको फाइनलमा एपिएफले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिमाथि ह्याट्रि गरेको थियो। 

फरकउद्दिनसम्मिलित हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो। 

प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लब तेस्रो भए। 

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुः 
महिलातर्फ

सर्वोत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
उत्कृष्ट
स्पाइकर– सरस्वती चौधरी (एपिएफ)
सर्भर – बाल्मिका आचार्य (न्यु डायमण्ड)
सेटर – जस्ना महतो (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)

पुरुषतर्फ
पुरुषतर्फ– फरकउद्दिन (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – मजहर अली (हेल्प नेपाल)
सर्भर – हिमाल सुनारी (गण्डकी)
सेटर – मोहम्मद (हेल्प नेपाल)
ब्लकर – रामश्वामी अगामुटो (गण्डकी)
लिबेरो – दीपक थापा (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .