ad ad

खेल


कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गर्दा एपीएफको दोस्रो जित

कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गर्दा एपीएफको दोस्रो जित

नेपालखबर
माघ १, २०८० सोमबार १७:४०, काठमाडौँ

कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। 

सोमबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

कोशीले दिएको १ सय ३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

एपीएफको जितमा कप्तान रोहित पौडेलले ८० रनको उत्कृष्ट पारी खेले। ५३ बलमा ९ चौका र ३ छक्का हान्दा क्याच आउट हुन पुगे। 

ओपनर प्रज्वल शाहीले २२ र सुमीत महर्जनले २० रन बनाए। 

कोशीका लागि फर्दोस अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मन्डलले समान एक विकेट झारे। 

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४४.३ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो। 

कोशीका फिर्दोस अन्सारीले ५५ रनको योगदान दिए। ८५ बलको सामना गरेका अन्सारीले ८ चौका मद्धतमा ५५ रन बनाउँदा क्याच आउट हुन पुगे। 

सोनु अन्सारीले २० रन थपे। कप्तान अंकित सुवेदीले १३ तथा सोनु मन्डलले ११ र आशिष भट्टराईले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 

एपीएफका लागि कप्तान रोहित पौडेल एक्लैले ३ विकेट लिए। पौडेलले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे। 

अमर राउटेलाले २ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिए। भुवन कार्की र मौसम ढकालले समान एक् विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .