प्रदीप भट्टराई निर्देशित फिल्म 'महाजात्रा' को पहिलो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत फिल्ममा समावेश 'आहा क्या राम्रो' बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडिओमा अरुण क्षेत्री, आश्मा विश्वकर्माले नृत्य गरेका छन्। साथै फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रवीन्द्र झा समेत छमछमी नाचेका छन्।
एकनारायण भण्डारीको शब्द रहेको गीतमा अस्मिता अधिकारी र आशिष अविरलको स्वर रहेको सुन्न सकिन्छ। गीतमा अविरलले नै संगीत भरेका हुन्।
कवि गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओ खुलामञ्चमा छायाङ्कन गरिएको थियो।
प्रदीपकै लेखन रहेको यस फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माताका रुपमा रहेका छन्।
षट्कोण आटर्सको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्माता बानियाँनै हुन्। फिल्ममा हरिवंश आचार्य, शिशिर बाङ्देल र प्रकाश घिमिरेकोको पनि अभिनय छ। यो फिल्म आगामी चैत ९ गतेबाट रिलिज हुँदैछ।
‘महाजात्रा’ हिट शृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछिको तेस्रो फिल्म हो। सन् २०१६ मा रिलिज भएको जात्रा समीक्षात्मक र व्यावसायिक हिसाबले सफल फिल्म हो।
त्यसपछि सन् २०१९ मा रिलिज भएको ‘जात्रै जात्रा’ मिश्रित समीक्षा पाए पनि राम्रो व्यापार गरेको थियो।
भिडिओ
Shares
प्रतिक्रिया