ad ad

खेल


स्कटल्यान्डविरुद्ध नेपाली युवा टोलीको फराकिलो जित, गुलशन झाको सतक

स्कटल्यान्डविरुद्ध नेपाली युवा टोलीको फराकिलो जित, गुलशन झाको सतक

नेपालखबर
पुस २४, २०८० मंगलबार १२:१४, काठमाडौँ

विश्वकपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्ड यू–१९ विरुद्ध सजिलै जित दर्ता गरेको छ। नेपाललाई जिताउने क्रममा गुलशन झाले शतकीय पारी खेले।

नेपाललाई फराकिलो जित दिलाउने क्रममा गुलशन झाले ११५ बलमा ११४ रन बनाउन सफल भए। 

सोमबार राति दक्षिण अफ्रिकामा खेलिएको यो खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले पहिले ब्याटिङ गर्दै दिएको २८५ रनको चुनौतीलाई पछ्याउने क्रममा  स्कटल्यान्ड ४३ ओभर २ बलमा अलआउट हुँदै १४९ रनमा समेटियो।

स्कटल्यान्डको तर्फबाट उजिर अहमदले २८ रनको योगदान दिए। यो टोलीका लागि सर्वाधिक स्कोर हो। नेपालकोतर्फबाट तिलक भण्डारीले ३ विकेट झारे। आकाश चन्दको नाममा २ विकेट रह्यो।

नेपालले पहिले ब्याटिङ गर्दै ४९ ओभर २ बल खेलेको थियो। त्यस अवस्थामा अलआउट भएको नेपालले २८४ रनको चुनौती तयार गरेको थियो। 

गुलशनले ११४ रन बनाएको खेलमा नेपालका लागि दीपक बोहोराले ५८ रन बनाए। 

विश्वकपअघि नेपालले चार अभ्यास खेल खेल्नेछ। नेपालले अब नामिबियासँग अभ्यास खेल खेल्नेछ। 

यस्तै आईसीसीले व्यवस्थापन गरेको दुई अभ्यास खेलमा स्कटल्यान्डसँग जनवरी १३ र वेस्ट इन्डिजसँग जनवरी १६ मा खेल्ने तालिका छ।  

नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। समूह चरणको पहिलो खेलमा नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेलमा माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ। 

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। 

समूह ए र डी का टोलीले सुपर सिक्स खेल्नेछन्। समूह बी र सी का सुपर सिक्समा हुनेछन्। हरेका समूहका पुछारका टोलीले १२ देखि १६ औँ स्थानका लागि प्लेअफ खेल्नेछन्। हरेक सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। 

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी, आकाश चन्द।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .