ad ad

खेल


दोस्रो खेलमा भारतलाई हराउँदै अस्ट्रेलियाली महिला क्रिकेटरले जित्यो एकदिवसीय सिरिज

दोस्रो खेलमा भारतलाई हराउँदै अस्ट्रेलियाली महिला क्रिकेटरले जित्यो एकदिवसीय सिरिज

नेपालखबर
पुस १५, २०८० आइतबार १०:२८, काठमाडौँ

अस्ट्रेलिया महिला क्रिकेट टोलीले दोस्रो खेलमा भारतलाई ३ रनले हराउँदै तीन खेलको एकदिवसीय सिरिज जितेको छ।

मुम्बईको वानखेडे स्टेडियममा दिएको २५९ रनको लक्ष्य पछ्याउँदै भारतीय टोली एकपटक लक्ष्यको नजिक पुगेको भए पनि ४९औँ ओभरमा तीन रन मात्रै बन्दा उनको जितको बाटो कठिन भएको थियो।

भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन जोड्नुपर्ने थियो तर टोलीले १२ रन मात्र बनाउन सकेन। यो खेलमा भारत तीन रनले हार्‍यो।

भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋचा घोषले सर्वाधिक ९६ रन बनाइन्। जेमिमाह रोड्रिग्जले ४४ रन र स्मृति मन्धानाले ३४ रनको योगदान दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .