खेल


रोनाल्डो र नेमारको जन्मदिन आज

रोनाल्डो र नेमारको जन्मदिन आज

नेपालखबर
माघ २२, २०७६ बुधबार ६:३८,

पोर्चुगलमा सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डो आज बुधबारदेखि ३५ वर्ष पुगे भने ब्राजल साओ पाओलोमा जन्मिएका नेमार आजदेखि २८ वर्षमा प्रवेश गरे।

रोनाल्डो पाँचपटकका बालुन डि’ओर विजेता हुन्। उनले चारपटक गोल्डेन बुट जितिसकेका छन्। च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले देशका लागि युरोकप जितेका छन्।

रोनाल्डोले युरोपमा मुख्य तीन लिग प्रिमियर लिग, ला लिगा र सिरि एबाट घरेलु लिग जितिसकेका छन्।

नेमारले पनि बार्सिलोनाबाट ला लिगा, च्याम्पियन्स लिगजस्ता प्रतिष्ठित लिग जितेका छन्। नेमार हाल पीएसजीबाट खेलिरहेका छन्। पीएसजीबाट लिग वानको उपाधि जितिसकेका नेमार विश्वमा हाल सबैभन्दा बढी स्किल भएका खेलाडीको रुपमा चिनिन्छन्।

तर घाइते हुनु उनको दुर्भाग्यो रहँदै आएको छ। सन् २०१४ को विश्वकप र २०१८ को दुवै विश्वकपमा घाइते भएका नेमारले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्।

घाइते हुँदा उनको बालुन डि’ओर उपाधि जित्ने धोको पुरा हुन सकेको छैन। गत सिजन घाइते भएकै कारण नेमारले पीएसजीमा झन्डै आधा सिजन आराममा बिताए।

घाइते भएकै कारण मंगलबार राति नान्ट्ससँगको खेलमा नेमार टोलीमा अटाएनन्। पीएसजीले लिग वानको खेलमा हिजो नान्ट्सलाई २–१ ले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad