कारोबार


२० वर्षयता पहिलोपटक घाटामा बोइङ, गत वर्ष ६३ करोड डलर नोक्सानी

२० वर्षयता पहिलोपटक घाटामा बोइङ, गत वर्ष ६३ करोड डलर नोक्सानी

नेपालखबर
माघ २२, २०७६ बुधबार ६:३५,

अमेरिकी विमान निर्माता कम्पनी बोइङले २० वर्षयता पहिलोपटक घाटा व्यहाेरेकाे छ। कम्पनीले सन् २०१९ मा ६३ कराेड ६० लाख अमेरिकी डलर नाेक्सानी व्यहाेरेकाे हाे।

बीबीसीका अनुसार गत वर्ष दुई विमान एकै प्रकृृतिका दुर्घटनामा परेपछि कम्पनीकाे व्यवसायमा असर गरिरहेकाे छ। ७३७ म्याक्स सिरिजका सबै विमान विश्वभर एकैसाथ ग्राउन्डेड गर्नुपरेको कारण कम्पनीले दुई दशकयता पहिलोपटक घाटा व्यहोरेको बताइएकाे छ। इन्डोनेसिया र इथियोपियामा भएको म्याक्स विमान दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए ।

सोही कारण ग्राउन्डेड विमानको लागि मात्रै १८ अर्ब अमेरिकी डलर खर्च हुने कम्पनीले अनुमान गरेको छ। यसले कम्पनीलाई वित्तीय घाटा पुगेको छ। गत वर्षका अन्तिम तीन महिना बिक्रीका हिसाबले खराब भएको पनि कम्पनीले जनाएको छ।

उक्त अवधिमा कम्पनीले १७ अर्ब ९० करोड डलरको विमान माग पाएको थियो। विश्लेषकहरुले भने उक्त अवधिमा कम्पनीले २१ अर्ब ७० करोड डलरको विमान माग आउने अनुमान गरेका थिए । बोइङमा हाल नेतृत्व समेत फेरिएको छ। डेभिड कलहन बोइङको प्रमुखमा आएका छन्। उनी डेनिस मुलेनबर्गको स्थानमा आएका हुन्। कम्पनीले ग्राउन्डेड विमानलाई पुनः सेवामा फर्काउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad