ad ad

खेल


एफसी धनगढीको अपराजित यात्रामा पूर्णविराम, प्लेअफमा स्थान पक्का गर्न अन्तिम खेल कुर्नुपर्ने

एफसी धनगढीको अपराजित यात्रामा पूर्णविराम, प्लेअफमा स्थान पक्का गर्न अन्तिम खेल कुर्नुपर्ने

नेपालखबर
पुस ४, २०८० बुधबार १९:५९, काठमाडौँ

एफसी धनगढीको नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रामा पूर्णविराम लाग्दा प्लेअफमा स्थान पक्का गर्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ।

यता धनगढीलाई हराएको १० खेलाडीमा सिमित एफसी झापाले भने प्लेअफ सम्भावना बलियो बनाएको छ। झापाको जितले साविक विजेता काठमाडौं रेजर्स भने पाँचौ स्थानमा झरेको छ। एक खेल कम खेलेको काठमाडौंको ९ अंक छ।

सात खेलमध्य २ खेलमा जित, ४ मा बराबरी र एक खेलमा हार भोगेको झापा १० अंक बनाउँदै चौथो स्थानमा पुगेको हो। झापासँग पराजित भएको धनगढी १२ अंकमा दोस्रो स्थानमा यथावत छ। धनगढीले सात खेलमा समान ३ खेलमा जित र बराबरी र एक् खेलमा हार भोग्दै १२ अंकमा छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० ले हराउँदै लिगमा दोस्रो जित दर्ता गरेको छ।

खेलको ५३औं मिनेटमा झापाका कप्तान अन्जन विष्टको गोलमा झापाले सुरुआती अग्रता बनाएको थियो। छिरिङ लामाको क्रसमा अन्जनले गरेको हेडर गोलमा परिणत भयो।

खेलको ७७औं मिनेटमा झापाले अग्रता दोब्बर पारे। प्रदीप लामाको कटब्याकमा सान्चेजले बललाई पोस्टको गति दिएका थिए। तर गोल लाइनबाट समिराज ठोकरले बललाई लाइन कटाए।

७९औं मिनेटमा झापा १० जनामा सिमित भयो। दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बुमाथि खराब फाउल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाएका थिए।

खेलको सुरुआतमा नै झापाले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। रोहन कार्कीले बललाई नियन्त्रणमा लिन नसकेपछि प्रशान्त लक्समको पासमा स्ट्राइकर जोर्गे सान्चेजले वान भर्सेस वान अवसरमा गरेको प्रहार पोष्टको नजिकबाट बाहिरियो।

तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार पोस्टको माथिबाट बाहिरियो। धनगढीका आशिष चौधरीको पासलाई नियन्त्रणमा लिएर झापाका दुई डिफेन्डर बिट गर्दै गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो।

आठौं मिनेटमा धनगढीका अभिषेक गुरुङले बक्स बाहिरबाट गरेको प्रहार कुपिचले सहजै नियन्त्रणमा लिए। २२औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक कुपिचले पन्च गरे।

३०औं मिनेटमा समन्दर ओचिलोभको फ्रिकिक पोस्ट नजिकबाट बाहिरियो। ३३औं मिनेटमा प्रशान्त लक्समले डि बक्स बाहिरबाट गरेको प्रहार पोस्टको माथिबाट आकाशियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .