खेल


विश्वकप क्रिकेट फाइनलका नायक ट्रेबिस हेडलाई सनराइजर्सले ६ करोड ८० लाखमा किन्यो

विश्वकप क्रिकेट फाइनलका नायक ट्रेबिस हेडलाई सनराइजर्सले ६ करोड ८० लाखमा किन्यो

नेपालखबर
पुस ३, २०८० मंगलबार १६:२०, काठमाडौँ

विश्वकप क्रिकेट २०२३ को फाइनलका नायक अस्ट्रेलियाका ट्रेभिस हेडलाई आईपीएल २०२४ को लिलामीमा सनराइजर्स हैदराबादले ६ करोड ८० लाख रुपैयाँमा किनेको छ।

उता इन्डियन प्रिमियर लिगको लिलामीका क्रममा अस्ट्रेलियाकाके कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले नै २० करोड ५० लाखमा किनेको छ। उनी आईपीएल इतिहासको अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। 

हेडका लागि सनराइजर्स र चेन्नई सुपर किङ्ग्सबीच तानातान चलेको थियो। तर उनी हैदराबादको पोल्टामा पुगे।  वेस्टइन्डिजका रोभमन पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाखमा किनेको छ।

न्युजिल्यान्डका ब्याटर डेरिल मिशेललाई चेन्नई सुपर किङ्ग्सले १४ करोडमा किनेको छ। न्युजिल्यान्डका अलराउन्डर रचिन रवीन्द्रलाई चेन्नई सुपर किङ्सले १ करोड ८० लाखमा किनेको छ। 

विश्वक प २०२३ मा श्रीलंकाका कप्तान कुसल मेन्डिसका लागि कसैले बोली लगाएनन्। उता स्टिभ स्मिथलाई पनि यस क्रममा कसैले किन्ने इच्छा देखाएनन्। 

उता हर्षल पटेल पञ्जाब किङ्ग्समा गएका छन्। उनलाई पञ्चाबले ११ करोड ७५ लाख‍ रुपैयाँ तिरेको छ। दक्षिण अफ्रिकाका क्रिकेटर गेराल्ड कोएत्जीलाई मुम्बई इन्डियन्सले पाँच करोडमा किनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad