खेल


दोस्रो टी-२० खेलमा अस्ट्रेलियाविरुद्ध भारतको जित

दोस्रो टी-२० खेलमा अस्ट्रेलियाविरुद्ध भारतको जित

नेपालखबर
मंसिर ११, २०८० सोमबार ६:५६, काठमाडौँ

आइतबार भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ।

तीन ब्याट्सम्यानको शानदार अर्धशतकको मद्दतले भारतले चार विकेटमा २३५ रन बनाएको थियो।

२३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीका ओपनरले राम्रो सुरुवात गरे पनि पूरा टिम १९१ रनमा अलआउट भयो।

अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले ५० रन जोड्न सकेनन् । भारतका लागि प्रसाद कृष्ण र रवि बिश्नोईले ३/३ विकेट लिए।

नोभेम्बर २४ मा भएको पहिलो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई दुई विकेटले पराजित गरेको थियो।

खेल सुरु हुनुअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो ।

भारतका तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाए ।

भारतका लागि यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ र ऋतुराज गायकवाडले ५८ रनको योगदान दिए।

भारतले अन्तिम दुई ओभरमा ४५ रन बनाएको थियो भने अन्तिम सात ओभरमा १११ रन बनाएको थियो।

तीव्र गतिमा खेल्दै रिंकु सिंहले ९ बलमा ३१ रन बनाए।

यो टी-२० खेलमा भारतको पाँचौँ उच्च स्कोर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .