विश्वकप क्रिकेटको फाइनलमा जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको छ।
२४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो। मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे।
पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो। तर भरपर्दा ब्याटर ७ रनमै पेबेलियन फर्किएका छन्। अहिले मार्स र हेड क्रिजमा छन्।
यसअघि गुज्रातको नरेन्द्र मोदी स्टेडियममा भारतले अन्तिम बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको छ।
मंसिर ३, २०८०, आइतबार
222
Shares
प्रतिक्रिया