फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत भोलि (३० कार्तिक) मा नेपाल र यूएईबीचको खेल हुँदैछ।
दुबईमा हुने यो खेलका लागि नेपाली टोली त्यहाँ पुगिसकेको छ।
खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा यूएई मुख्य प्रशिक्षक पाउलो बेन्टोले नेपाली टोलीलाई कमजोर नलिने बताएका छन्।
उनले कुनै पनि टोलीलाई कमजोर रुपमा लिनु भूल हुन सक्ने बताए।
‘फिफा वरीयतामा हामी भन्दा पछाडि भएपनि नेपाललाई हामी सजिलो टोली रुपमा कदापि लिँदैनौं। कुनै पनि प्रतिद्वन्दीलाई कम आक्नु पनि हुँदैन,’ उनले भने, ‘हामी आफ्नो स्तरअनुसार नै प्रदर्शन गर्नेछौँ। हामीले लामो तयारी गरेका छौँ। हामीले नेपालविरुद्ध स्पष्ट तीन अंक जोड़नलाई खेल्नेछौँ। हामी समूहमा उत्कृष्ट हुने प्रयासमा छौँ।’
492
Shares
प्रतिक्रिया