यमपञ्चकको आज अन्तिम दिन दाजुभाइहरुको दीर्घायूको कामना गर्दै भाइटीका मनाउने गरिन्छ।
नेपाली कलाकारहरूले पनि दिदीबहिनी तथा दाजुभाइसँग टिका लगाएर हर्षोउल्लासका साथ भाइटीका मनाएका छन्।
कलाकार भुवन केसीले छोरा अनमोल केसीसहितको भाइटीका मनाएको तस्बिरहरू फेसबुकमा सेयर गरेका छन्।
त्यस्तै अर्की कलाकार दीपाश्री निरौलाले दाजुभाइ र दिदीबहिनीले टीका लगाइरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन्।
कलाकार तथा निर्माता/निर्देशक दीपकराज गिरीले पनि बहिनीको हातबाट टीका लगाएर भाइटीका मनाएका छन। उनले परिवारसङ्गको फोटो फेसबुकमा सेयर गरेका छ्न्।
अभिनेता नाजिर हुसेनले पनि भाइटीका मनाएका छन्। उनी मुस्लिम समुदायका भएपनी हरेक वर्ष हिन्दु चाडपर्वहरू मनाउँछ्न्। यसवर्ष पनि दिदीबहिनीसँग भाइटीका लगाएको फोटोहरू उनले इन्स्टाग्राममा सेयर गरेका छन्।
त्यस्तै, अभिनेत्रीहरू केकी अधिकारी, वर्षा रावत, वर्षा शिवाकोटीले भाइटीका लगाएको तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेका छन्।
गायिका अस्मिता अधिकारी, हास्यकलाकार मनोज गजुरेल, अभिनेता पुष्प खड्का लगायतले पनि भाइटीका मनाएका छ्न्।
Shares
प्रतिक्रिया