ad ad

खेल


बंगलादेशमा सुनिरालाई रजत

बंगलादेशमा सुनिरालाई रजत

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १८:१९, काठमाडौँ

नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा  रजत जितेकी छन्। 

ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा शुक्रबार भएको गल्र्स सिगल्सको  सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसँग  ६–३ र ६–४ ले पराजित हुँदै रजतमा सिमित भइन्। 

बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको सुनिरा पहिलो चरणमा बाइ पाउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन्। 

प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वार्टरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन्। 

सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। 

नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ। सर्किट– २ भने बंगलादेशको राजशाहीमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .