ad ad

खेल


अनन्तले विश्वकप छनोट अन्तर्गत यूएईविरुद्धको खेल गुमाउने

अनन्तले विश्वकप छनोट अन्तर्गत यूएईविरुद्धको खेल गुमाउने

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १८:२२, काठमाडौँ

डिफेन्डर अनन्त तामाङले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको खेल गुमाउने भएका छन्। 

यूएईविरुद्धको खेलअघि प्रशिक्षणका क्रममा घुडाँमा चोट लागेपछि अनन्तले युएईविरुद्धको खेल गुमाउने भएका हुन्। परिक्षणका क्रममा नेपालले बिहीबार युएईसँग उसकै भुमिमा खेल्दैछ। नेपाली टोली शनिबार यूएई प्रस्थान गर्नेछ। 

यूएईसँगको खेलपछि नेपाली टोलीले मंसिर ५ गते घरेलु मैदानमा यमनसँग खेल्ने तालिका छ। 

राष्ट्रिय टोलीः 
गोलरक्षकः किरण कुमार लिम्बु, दिप कार्की, अविसेक बराल
डिफेन्डरः सनिस श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्म छुन्जु, मनिष डांगी, सेसेहाङ आङदेम्बे, निशान हमाल

फरवार्डः अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जिव विष्ट, राजेश परियार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .