ad ad

खेल


ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीबीच प्रायोजन सम्झौता

ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीबीच प्रायोजन सम्झौता

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार २१:६, काठमाडौँ

ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीबीच शुक्रबार प्रायोजन सम्झौता भएको छ। स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपाने र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई तथा ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतासँगै ट्यापआउट फिटनेस स्पोर्टिङ इलाम एफसीको फिटनेस पार्टनरको रुपमा रहनेछ।

ढुकु फुटस अन्तर्गत रही सन् २०१३ देखि सञ्चालन भईरहेको यस फिटनेस सेन्टरको मुख्य उद्देश्य खेलाडीहरूको प्रदर्शन बृद्धि, चोट रोकथाम र खेलाडीले मैदानमा खेल्दा आफ्नो सत प्रतिशत दिन मद्दत गर्ने रहेको छ।

विश्वस्तरीय सुविधा भएको ट्यापआउट फिटनेस नेपालको एक अग्रणी स्वास्थ्य क्लब हो। सम्झौता अनुसार ट्यापआउट फिटनेसले यस क्लबका खेलाडीहरुलाई स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी तथा जिमको सुविधा प्रदान गर्नेछ।

सो सुविधामा ट्यापआउट फिटनेसले पूर्ण प्रायोजन गर्नेछ।

‘सम्भवत नेपालमा पहिलोपटक जिमसँगै स्ट्रेन्थ एण्ड कन्डिसनिङको काम गर्ने हामी पहिलो हौं। हाम्रो मुख्य उद्देश्य भनेको नै खेलाडीको स्तरवृद्धि गर्ने हो। खेलाडीलाई पूर्ण रुपमा फिट बनाई उसले मैदानमा आफ्नो सत प्रतिशत देओस् भन्ने लक्ष्यसहित हामी काम गर्दै आएका छौं,’ सम्झौतापछि ट्यापआउट फिटनेसका संस्थापक घलेले भने।

‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ खेलाडीलाई एकदम आवश्यक कुरा हो र यसको महत्व सबै खेलाडीहरूले बुझ्नुपर्छ। स्पोर्टिङ इलाम एफसीमार्फत फुटबलमा पनि जोडिन पाउँदा हामी खुशी र उत्साहित छौं। खेलाडीहरूले अब हुन गइरहेको एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्न हामी हाम्रो तर्फबाट सक्दो मद्धत गर्नेछौं,’ उनले थपे।

ट्यापआउट फिटनेसले लामो समयदेखि बास्केटबल, मार्सल आर्ट्स तथा अन्य खेलका खेलाडीहरूलाई आफ्नो सुविधा दिदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .