लियोनल मेस्सीले बार्सिलोनाका लागि कायम गरेको नयाँ गोल रेकर्ड सायदै कुनै खेलाडीले भंग गर्न सक्नेछन्।
बार्सिलोनाले आजसम्म पाएका खेलाडीमध्ये मेस्सी सर्वोत्कृष्ट खेलाडी हुन्। मेस्सीले नयाँ कीर्तिमान कायम गर्ने क्रममा बार्सिलोनाका लाग ठिक ५०० खेलमा ठिक ५०० गोलल गरेका छन्। यो कीर्तिमान तोड्न अरु खेलाडीलाई असम्भव जस्तै छ।
५०० खेलमा नै मेस्सीले २०० वटा गोलमा सहायकको भुमिका निभाएका छन्। ५०० मध्ये मेस्सीले ३५८ खेल जितेका छन्। ८९ खेलमा बराबरी र ५३ खेलमा हार ब्यहोर्नुपरेको छ।
३३ वर्षे मेस्सीले गतवर्ष छैटौं पटक विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड हात पारेका थिए। क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन्।
२०१२ मेस्सीका लागि सर्वाधिक सफल वर्ष रह्यो। २५ वर्षे मेस्सीले त्यसबेला बार्सिलोनाका लागि ९१ गोल गरेका थिए। एक सिजनमा त्यति गोल गर्ने मेस्सी एक्लो खेलाडी हुन्।
Shares

प्रतिक्रिया