इङ्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वेस्ट ह्याममाथि २-० को जित हात पार्दै लिभरपुलले शीर्षमा १९ अंकको अग्रता कायम गरेको छ।
मोहम्मद सलाहले ३५औं मिनेटमा लिभरपुललाई पेनाल्टीबाट अग्रता दिलाएका थिए। यस्तै ५२औं मिनेटमा अलेक्स वक्सिलेडी क्याब्रालिनले दोस्रो गोल गरे।
यो २४औं खेलमा लिभरपुलको २३औं जित हो। एक खेल भने लिभरपुलले बराबरी खेलेको छ। उसको ७० अंक भएको छ। दोस्रो स्थानको सिटीको ५१ अंक छ।
पछिल्ला लगातार ४१ खेलमा लिभरपुल अपराजित छ। उसले ३६ खेलमा जित र ५ मा बराबरीको नतिजा निकालेको छ।

प्रतिक्रिया