छापा खबर


महिला र पुरुषमा को हुन्छन् बढी धोकेबाज? यसो भन्छ अनुसन्धान

महिला र पुरुषमा को हुन्छन् बढी धोकेबाज? यसो भन्छ अनुसन्धान

नेपालखबर
माघ १६, २०७६ बिहिबार २:४४,

सम्बन्धमा धोका नखाने सायदै होलान्। चाहे महिला हुन् वा पुरुष सबैले धोका खाएकै हुन्छन्। तर धोका खाने अनुपात हेर्ने हो भने पुरुषको तुलनामा महिलाले ज्यादा धोका खाएका हुन्छन्। अर्थात् महिलाको अनुपातमा पुरुषहरू बढी धोकेबाज हुन्छन्। किन?

यसका केही कारण आज बिहीबारै प्रकाशित शुक्रबार साप्ताहिकमा प्रकाशजंग थापाले प्रस्तुत गरेका छन्। यहाँ तिनलाई सारांशमा उल्लेख गरिन्छ :
भावनात्मक असन्तुष्टि
मनोचिकित्सक एम ग्यारी न्युमानले २०० जना धोकेबाज पुरुषको अध्ययन गरेका थिए। ती पुरुषमध्ये ४८ प्रतिशतले प्रेमिकालाई धोका दिनुको प्रमुख कारण भावनात्मक असन्तुष्टि भएको बताएका थिए। यसको अर्थ हो, वर्तमान प्रेमिकाबाट उचित सम्मान र प्रशंसा नपाएका कारण धोका दिएको।

अनियमित सम्भोग
सम्बन्धमा उत्पन्न हुने प्रायः समस्याको समाधान हो, सम्भोग। सम्बन्धको सुरुवाती चरणमा अत्यधिक सम्भोग हुने गर्छ। एकअर्काप्रति आकर्षण अत्यधिक हुन्छ नै। जब सम्बन्धको अवधि बढ्दै जान्छ, १ देखि ५ वर्षको अवधि सकिन्छ, तब नियमित सम्भोग हुन छाड्छ। पुरुषहरू २० देखि ४० वर्षको उमेरसम्म अति नै कामुक हुने गर्छन्। उनीहरू शारीरिक आवश्यकता पूर्तिका लागि सही अवसर, विकल्प खोजिरहेका हुन्छन्। यसर्थ पुरुषले नियमित सम्भोग गर्न नपाएको अवस्थामा जहाँ अवसर र विकल्प पाउँछन्, त्यतैतिर जान्छन्। आफ्नै प्रेमिका र श्रीमतीलाई धोका दिन पछि पर्दैनन्।

साथी संगत
सम्बन्धमा धोका दिने मामिलामा साथीको संगतले नि ठूलो प्रभाव पार्छ। न्युम्यानको अध्ययनअनुसार ७७ प्रतिशत पुरुष जसले महिला साथीलाई धोका दिए, तिनको नजिकका साथी पनि धोकेबाज थिए।

भिजुअल हुनु
अधिकांश पुरुष (९५ प्रतिशत) भिजुअल हुन्छन्। आकर्षक दृश्य हेर्न रुचाउँछन्। महिलाको हास्य, आत्मविश्वासलगायत विशेषताभन्दा पनि शरीरप्रति बढी आकर्षित हुन्छन्। महिलालाई पुरुषप्रति आकर्षित हुन समय लाग्छ। त्यो समय भनेको ३० मिनेट, १ घण्टा, एक दिन वा जति पनि हुन सक्छ। तर पुरुषलाई भने महिलाप्रति आकर्षित हुन १ सेकेन्ड पनि लाग्दैन। यसर्थ पुरुषले प्रेमिकालाई कुनै पनि क्षण धोका दिन सक्छ।

उत्कृष्ट साथीको खोजी गर्नु
हरेक पुरुष उत्कृष्ट, स्तरीय महिला साथीको खोजीमा रहन्छ। आफूसँग प्रेमिका रहेको अवस्थामा पनि स्तरीय महिला भेट्न सकिने उपयुक्त अवसरको खोजीमा रहन्छन्। यो महिलामा पनि उत्तिकै लागू हुन्छ। जसरी महिला साहसी, मर्द र आत्मविश्वासी पुरुषको खोजीमा हुन्छन्, त्यसैगरी पुरुष पनि कामुक, आकर्षक, स्तरीय महिलाको खोजीमा हुन्छन्।

पुरुषलाई कसरी वफादार बनाउने?
पुरुषबाट सम्बन्धमा हुने धोकाको विषयलाई सामान्य रुपमा ग्रहण गर्नुपर्छ। त्यसलाई अतिरञ्जित गरिनु हुँदैन। कुनै पुरुषले धोका दिएका खण्डमा पीडित मानसिकता विकास गर्नु, निराशामा जीवन जिउनु, तमाम पुरुषप्रति नकारात्मक भावना राख्नु तथा अनावश्यक रुपमा दोषारोपण गर्नु बुद्धिमानी होइन। यसो गर्नाले झन् सम्बन्धमा कुनै सुधार आउँदैन। पुरुष वफादार हुने सम्भावना त झन् हुँदै हुँदैन।

पुरुषलाई वफादार बनाउने केही तरिका यस्ता छन् :
-शारीरिक आकर्षण कायम राख्ने
-नियमित सम्भोग गर्ने
-भावनात्मक सन्तुष्टि दिने
-साथी संगत कस्तो छ, ध्यान दिने
-व्यक्तिगत स्तर कायम राख्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad