ad ad

खेल


विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

नेपालखबर
कात्तिक ४, २०८० शनिबार ७:२८, काठमाडौँ

विश्वकप क्रिकेटअन्तर्गत बैंगलोरमा भएको खेलमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले रोमाञ्चक जित हासिल गरेको छ। 

अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराएको हो। 

अस्ट्रेलियाले पाकिस्तानलाई जितका लागि ३६८ रनको लक्ष्य दिएको थियो। पाकिस्तानको पूरा टोली ४५.३ ओभरमा ३०५ रन बनाएर आउट भएको थियो।

एडम जाम्पा अस्ट्रेलियाका सबैभन्दा सफल बलर भए। उनले १० ओभरमा ५३ रन दिएर चार विकेट लिए। प्याट कमिन्स र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए।

पाकिस्तानका लागि इमाम उल हकले ७० रन तथा अब्दुल्लाह सफिफले ६४ रनको योगदान दिए।

पाकिस्तानले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .