छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिप खेल्न नेपालको सीएमजी क्लब आज भारत प्रस्थान गरेको छ। गुवाहाटीमा हुने च्याम्पियनसिपका लागि १८ खेलाडी र २ अफिसियल गरी २० सदस्यीय टोली त्यसतर्फ गएको हो।
विदाइ कार्यक्रममा टोलीका कप्तान बालगोपाल महर्जनले यो संस्करणमा नेपाल फाइनलसम्म पुग्ने लक्ष्यमा रहेको बताए। च्याम्पियनसिपमा नेपाली टोली अहिलेसम्म सेमिफाइनलबाट माथि उक्लिनसकेको छैन।
बिहीबारदेखि सुरु हुने च्याम्पियनसिप आगामी आइतबारसम्म चल्नेछ। १२ टोली सहभागी च्याम्पियनसिपमा नेपालको सीएमजी क्लब समूह 'सी'मा रहेको छ।
नेपालले पहिलो खेलमा शुक्रबार युनाइटेड भेट्रान कलकत्तासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा युनाइटेड ब्रदर्स क्लबसँग तथा अन्तिम खेलमा युनाइटेड सिक्किम भेट्रानको टोलीसँग खेल्नेछ।


प्रतिक्रिया