खेल


अफगानिस्तानका साहजादले चितवनबाट ईपीएल खेल्ने

अफगानिस्तानका साहजादले चितवनबाट ईपीएल खेल्ने

नेपालखबर
माघ १५, २०७६ बुधबार ७:३३,

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन्।

चितवन टाइगर्सले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साहजादलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गर्न पाएकोमा उत्साहित रहेको जनाएको हो।

३३ वर्षे साहजादले अफगानिस्तानबाट २ टेष्ट ८४ वान डे इन्टरनेशनल, ६५ ट्वान्टी–२० अन्तराष्ट्यि खेलिसकेका छन्। साहजादको नाममा एकै दिन ट्वान्टी –२० अन्तर्राष्ट्रियमा २ अर्धशतक प्रहार गरेको कीर्तिमान समेत छ।

साहजादले बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी–१० को अनुभव बटुलिसकेका छन्।

उनको आगमनले टोलीले ब्याटिङमा नयाँ आयाम दिने विश्वास लिएको चितवनका निर्देशक विनिता चौधरी भट्टराईले जानकारी दिए। यस्तै टोलीका खेलाडीले राम्रो अनुभव लिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

चितवनले ट्रेडमार्फत राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामीलाई लिइसकेको छ। चौथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad