प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी सीमा अतिक्रमणबारे नेपाल सरकारले पहिलोपटक भारत सरकारलाई पत्राचार गरेको बताएका छन्।
‘दसीप्रमाणहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भएको देखाउँछ। त्यसका लागि हामीले पत्राचार गरेका छौं र यो विषय हामी संवादबाटै समाधान गर्नसक्छौं,’ प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय सभागृहमा शुरु भएको नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा भने।
ओलीले कालापानीमा सीमा विवादबारे यसअघिका सरकारले पत्राचार नगरेको र वर्तमान सरकारले भारतलाई पत्र पठाएर सीमा अतिक्रमण सुल्झाउन औपचारिक पहलकदमी थालेको बताए।
‘हामी पत्राचार पनि गरेका छौं र सोहिअनुसार अन्य पहलकदमी पनि गरेका छौं,’ उनले भने। ‘यो कुरा म संसदमा पनि सविस्तार बोल्नेछु।’
प्रधानमन्त्री ओलीले सीमा सुरक्षाका लागि थप ११४ सीमा चौकी स्थापना गरिएको र सयौं सीमास्तम्भ निर्माण तथा मर्मतसम्भार गरेको पनि जानकारी गराए।
Shares

प्रतिक्रिया