ad ad

खेल


दीपेशको घातक बलिङमा नेपाललाई झिनो लक्ष्य

दीपेशको घातक बलिङमा नेपाललाई झिनो लक्ष्य

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार १०:५३, काठमाडौँ

दीपेश कँडेलको घातक बलिङमा एसीसी यू–१९ प्रिमियर कपमा बहराइनविरुद्ध जितका लागि नेपालले ७८ रनको झिनो लक्ष्य पाएको छ। 

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो। 

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दीपेश कँडेल एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका दीपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए। 

दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। 

बहराइनका ब्याटरहरू नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। 

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकिम र अभिनव गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए। 

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .