ad ad

खेल


आईसीसी विश्वकप : अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशको विजयी सुरुवात

आईसीसी विश्वकप : अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशको विजयी सुरुवात

नेपालखबर
असोज २०, २०८० शनिबार १७:१७, काठमाडौँ

अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले आईसीसी विश्वकप २०२३ मा विजयी सुरुवात गरेको छ। 

शनिबार भएको खेलमा १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। 

बंगलादेशका लागि नाज्मुल हसन शान्टोले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ८३ बलमा ३ चौका र १ छक्का हाने। मेहेदी हसन मिराज ५७ रनमा आउट भए।

कप्तान सकिब अल हसन १४, ओपनर तान्जिद हसनलाई ५ र लिटन दासले  १३ रनथपे। 

अफगानिस्तानका आजमतुद्यलाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले समान १ विकेट लिए। 

त्यसअघि धर्मशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तान ३७. २ ओभरमा १ सय ५६ रनमा अलआउट भयो। 

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले  सर्वाधिक ४७ रनबनाए।  इब्राहिम जद्रान २२ र रहमात शाह १८ रनमा आउट भए। 

हश्मातुल्लाह शाहिदी १८, नाजिबुल्लाह जद्रान ५, मोहम्मद नावी ६, आजमतुल्लाह ओमरजाईले २२, राशिद खानले ९ र मुजिब उर रहमानले १ रन थपे। 

बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले समान ३ विकेट लिए। शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एकअ एक विकेट आफ्नो नाममा गरे। 

अफगानिस्तानले आफ्नो अर्को खेलमा बुधबार भारतसँग खेल्नेछ। भ बंने गलादेशले मंगलबार धर्मशालामा इंग्ल्यान्डसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .