ad ad

खेल


झापा एफसीको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान खड्का

झापा एफसीको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान खड्का

नेपालखबर
असोज २०, २०८० शनिबार १७:४१, काठमाडौँ

नेपाल‌ सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। 

झापाले दोस्रो संस्करणको एनएसएलका लागि पूर्व कप्तान खड्कालाई ब्राण्ड एमबेसेडरको रुपमा घोषणा गरेको हो। 

खड्का राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता हुन्। खड्का र निराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोल गरेका छन्। जुन कीर्तिमान अझै उनीहरूको नाममा छ। 

झापासँग जोडिन पाउँदा आफुलाई गौरवान्वित महसुस गरेको खड्काले बताएका छन्। उनले थपे, मैले फुटबलबाट आर्जेको अनुभव साट्ने प्रयास गर्नेछु। मलाई विश्वास गरेकोमा झापा एफसीलाई धन्यवाद। 

झापा एफसीले एनएसएलमा पहिलो पटक सहभागिता जनाउँदैछ। ९ टोलीको सहभागिता रहेको एनएसएल मंसिर ८ गतेदेखि त्रिपुरेशवरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .