ad ad

खेल


भारतविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन

भारतविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ८:५८, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेटका रूपमा ओपनर आशिफ शेखलाई गुमाएको छ। 

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफलाई १० रनमै गुमाएको हो।

आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल १६ र कुशल मल्ल शून्य रनमा नटआउट छन्। 

नेपालले ४ ओभरको सामाप्तिमा १ विकेट गुमाएर ३० रन बनाएर खेलिरहेको छ।

त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .