ad ad

समाज


सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ९:४, काठमाडौँ

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी गरेको छ। 

वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गरेर जाने तयारीमा सरकार लागेको जानकारी दिएका हुन्। 

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बोल्दै उनले सरकारले तत्कालै बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गरेर जाने तयारी गरिरहेको जानकारी दिए।

बाँदरको सन्दर्भमा भने संसद्मै सहमति गरेर वा संकल्प प्रस्ताव पास गरेर जानुपर्ने उनले बताए।

‘त्यसरी नगइ बाँदरकाे हकमा सरकारबाट सिधै मार्ने, पक्रिनेलगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रुपमा प्रश्न उठ्न सक्छ,’ उनले भने, ‘तर, बँदेललाई भने कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गरेर जाने तयारी भइसकेको छ।’

उनले बँदेल र बाँदरको कारण कृषि र मानव बस्तीहरूमा समस्या बढेको पनि बताए। 

नेपालका धेरै जिल्लामा पछिल्लो समय बँदेल र बाँदरले कृषि बालीमा नोक्सान गर्दै आएका छन्। बाँदरले बालीनाली खाएर हैरान पारेपछि धेरै किसानले जंगल आसपासका क्षेत्रमा खेती गर्नै छाडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .