ad ad

खेल


भारतविरुद्ध जितका लागि नेपालले पायो २०३ रनको चुनौतीपूर्ण लक्ष्य

भारतविरुद्ध जितका लागि नेपालले पायो २०३ रनको चुनौतीपूर्ण लक्ष्य

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १६, २०८० मंगलबार ८:२५, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध जितका लागि नेपालले २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको हो।

भारतका शिवम् दुबे २५ र रिंकु सिंह ३५  रनमा नटआउट रहे। दुबेले १९  बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।

ओपनरद्वय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए। 

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका थिए।

दीपेन्द्रले दसाैँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। 

१२औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे।

१३औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एन्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए। 

दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए। 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए। 

नेपाल र भारत टी २० आई मा पहिलोपटक आमनेसामने भएका हुन्। 

नेपालले आजको खेलमा मालदिभ्सविरुद्धको टोलीबाट १ खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर करण केसीले सुरुवाती ११ मा स्थान बनाउँदा विकेट किपर विनोद भण्डारी बेन्चमा छन्। 

इन्डियन प्रिमियर लिग (आईपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दाबेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहन्छ। 

एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समूह एको विजेता बन्दै अन्तिम ८ मा पुगेको हो। 

नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।

दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .