ad ad

खेल


भारतविरुद्ध दीपेन्द्रले लिए दोस्रो विकेट

भारतविरुद्ध दीपेन्द्रले लिए दोस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ८:१३, काठमाडौँ

चीनमा भारतविरुद्ध जारी क्रिकेट प्रतियोगितामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपालविरुद्ध शतकधारी ओपनर यशश्वी जैसवालको विकेट लिएका छन्। 

दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अविनास बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए। 

जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका हुन्। ४९ बलमा १ सय रन बनाएका जैसवाल आउट भएसँगै नेपालको ठुलो संकट टरेको छ। 

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका थिए।

दीपेन्द्रले दसाैँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। 

१२औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे। १३औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एन्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .