अन्तर्राष्ट्रियस्तरको भलिबलको कर्भडहल बनाउनका लागि नेपाल भलिबल संघले आज जग्गा अवलोकन गरेको छ। सरकारले उपलब्ध गराउने जग्गाको सोमबार अवलोकन गरेको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपालखबरलाई जानकारी दिए।
सरकारले भलिबल कोर्ट बनाउनका लागि मूलपानी र कीर्तिपुरमा रहेको जमिन हेर्न संघलाई आग्रह गरेको छ। पहिलो चरणमा हेरेको जग्गा नै उपयुक्त हुने देखिएको संघका केन्द्रीय सचिव तथा प्रचारप्रसार संयोजक भीम वलीले जानकारी दिए। मूलपानी र कीर्तिपुरमा यसअघि नै क्रिकेट स्टेडियम भएकाले बूढानीलकण्ठमा भलिबल कोर्ट बनाउन राम्रो हुने वलीले बताए।
जग्गा हेर्दै टाेली।
संघले बूढानीलकण्ठमा ५ हजार दर्शक क्षमता स्टेडियम बनाउने बताए। स्टेडियममा एकेडेमीको हिसाबले अघि बढाउने संघका अध्यक्ष शर्माले बताए। एकेडेमीमा जिम, २ ट्रेनिङ हल, चेन्जीङ रुम, अफिसियल रुमलगायतका अन्तर्राष्ट्रिय मापदण्डका सबै संरचना निर्माण गरिने शर्माले बताए।
करिब ५०–६० रोपनी जग्गा रहेको बूढानीलकण्ठमा आपूmहरुले कति जग्गा पाउने भन्नेबारे छलफलपछि मात्र टुंगोमा पुग्ने अध्यक्ष शर्माले बताए।
राष्टिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले जमिनको अवलोकन गरेका हुन्।
भलिबलका लागि अत्याधुनिक सुविधासम्पन्न कर्भडहल बनाउन सरकारले मूलपानी, कीर्तिपुर र बूढानीलकण्ठमा रहेको जग्गा हेर्न संघलाई आग्रह गरेको थियो।

प्रतिक्रिया