खेल


क्यानको सचिव र सदस्य छान्न निर्वाचन, सुरु भयो मतगणना (तस्बिरहरू)

क्यानको सचिव र सदस्य छान्न निर्वाचन, सुरु भयो मतगणना (तस्बिरहरू)

सरोज नेपाल
असोज ६, २०८० शनिबार १६:८, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को सचिव र सदस्य पदका लागि शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ। 

शनिबार काठमाडौंस्थित नयाँ बानेश्वरमा जारी क्यानको अधिवेशनमा सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको थियो। 

जसमा शत प्रतिशत मतदाताले मतदान गरेका छन्। मतदानपछि मतगणना सुुरु भएको हो। एक सचिव र १० सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा ८५ जनाले मतदान गरेका छन्।

झापाबाट आएका प्रतिनिधिको विवाद भएपछि एकजनाको मताधिकार खोसिएको थियो। सचिवमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .