खेल


क्यान निर्वाचन : दुईजना प्रतिनिधि आएपछि झापा जिल्लाको मताधिकार खोसियो

क्यान निर्वाचन : दुईजना प्रतिनिधि आएपछि झापा जिल्लाको मताधिकार खोसियो

क्यानको साधारण सभा। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ५, २०८० शुक्रबार १९:२९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भइरहेको अधिवेशनमा झापा जिल्लाको मताधिकारलाई लिएर विवाद भएको छ।

जम्मा ८६ जना मतदाता रहेको क्यानमा झापा जिल्ला क्रिकेट संघको मताधिकारलाई लिएर विवाद देखिएको हो। 

झापा जिल्ला संघको विवादका कारण नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा उसको मताधिकार नै खोसिएको छ।

क्यानको केन्द्रीय निर्वाचनमा झापा जिल्ला क्रिकेट संघबाट दुईजना प्रतिनिधि भएपछि उनीहरु दुवैलाई मताधिकार नदिने निर्णय भएको हो। 

झापाबाट मनोज कटुवाल र लाक्पा लामा दुईजना प्रतिनिधि क्यानको निर्वाचनमा आएका थिए। ती दुवैले मत हाल्न नपाउने भएपछि अब क्यानको निर्वाचनमा ८५ जना मतदाता कायम भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .