कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्।
अर्जेन्टिनाले शुक्रबार राति क्वार्टरफाइनलमा भेनेजुएलालाई २-० ले पराजित गरेसँगै सेमिफाइनलमा ब्राजिसँगको भेट पक्का गरेको हो।
म्यानचेस्टर सिटीका स्ट्राइकर समेत रहेका सर्जियो अगुइरोले अर्जेन्टिनाको दुबै गोलमा भूमिका खेले।
लगातार तेस्रो पटक फाइनल प्रवेश गर्ने उदेश्य बोकेको अर्जेन्टिनालाई १०औं मिनेटमा लाउटिरो मार्टिनाजले सुरुवाति अग्रता दिलाएका थिए भने ७४औं मिनेटमा गिवभानी लो क्याल्सोले दोस्रो गोल गरे।
दुबै गोलमा अगुइरोले सहायकको भुमिका निर्वाह गरेका थिए।
ब्राजिलले भने यसअघि पाराग्वेलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको थियो।
अब ब्राजिल र अर्जेन्टिनाबीच आगामी बुधबार सेमिफाइनल भिड्न्त हुनेछ।

प्रतिक्रिया