खेल


नेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार

नेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १२:६,

यही माघ १५ र १६ गते नेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ। बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तीमा ३ खेल खेल्नेछन्।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .