कारोबार


अर्थमन्त्री भन्छन् : राष्ट्रिय वाणिज्य बैंक अझै प्रतिस्पर्धी बन्नुपर्छ

अर्थमन्त्री भन्छन् : राष्ट्रिय वाणिज्य बैंक अझै प्रतिस्पर्धी बन्नुपर्छ

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ११:५८,

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई अझै प्रतिस्पर्धी बन्न सुझाव दिएका छन्। शुक्रबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५औँ वार्षिकोत्सव समारोहमा उनले उक्त कुरा बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताए। उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने सुझाव समेत दिएका थिए।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा रा.वा. बैंकले खेलेको भुमिकाको सह्राहना गरे। नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको उनको भनाइ छ। बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको जानकारी दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए। उनले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए। बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैयाँ गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

उनले आर्थिक वर्ष २०७६÷०७७ लाई ‘क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन’ अभियान सञ्चालन गरी फिजिकल र फाइनान्सियल स्मार्टनेसको लक्ष्यसहित विभिन्न प्रकारका कामहरु गरिरहेको बताए। उनले भने, ‘यस सिलसिलामा लामो समय देखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेका छौ। पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम बिक्री गरिसकेका छौँ।’ लामो समयदेखि थाती रहेका हिसाबमिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको बताए। कार्यक्रममा बैंकमा क्रियाशील तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए।

५५ वर्षअघि २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यले बैंकको स्थापना भएको थियो। हाल सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक पनि रहेको छ। बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा सञ्चालनमा छन्।

कार्यक्रममा बैंकको सर्वोत्कृष्ट/उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।

कार्यक्रममा ५५औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए । कार्यक्रममा शेयरधनिहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक संचालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधकारी, कर्मचारी संचय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .