इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलको अन्तिम समयमा रोबर्टो फिर्मिनोले निर्णायक गोल गरेपछि लिभरपुरले वुल्भ्सलाई २-१ ले पराजित गरेको छ।
यो जितसँगै लिभरपुलले शीर्षस्थानमा १६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको सिटीको ५१ अंक हुँदा लिभरपुलको ६७ अंक छ।
आठौं मिनेटमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफ लगत्तै एडम टोरेको क्रसमा राउल जिमेनेजले बराबरी गोल फर्काए। उनी यस सिजनका सबै प्रतियोगितामा २० गोल पूरा गर्ने तेस्रो प्रिमियर लिगका खेलाडी समेत बने।
सर्जि अग्गुरोले २१ र रहिम स्ट्रर्लिमले पनि २० गोल गरिसकेका छन् बराबरीतर्फ उन्मुख खेलको ८४औं मिनेटमा फिर्मिनोले विजयी गोल गरे। लिभरपुलले लगातार पछिल्ला १४ खेलमा जित हात पारेको छ।

प्रतिक्रिया