ad ad

खेल


जेडे बेलिङ्घमको निर्णायक गोलमा रियल मड्रिड विजयी

जेडे बेलिङ्घमको निर्णायक गोलमा रियल मड्रिड विजयी

नेपालखबर
भदौ १७, २०८० आइतबार ८:५९, काठमाडौँ

जेडे बेलिङ्घमको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ। 

शनिबार राति भएको खेलमा रियलले गेटाफेमाथि पूनरागमन जित निकालेको हो। 

खेलको ११ औं मिनेटमा नै १–० ले पछि परेको रियललले इन्ज्युरी समयमा पुगेर मात्र जित दर्ता गर्न सक्यो।

खेलको ११ औं मिनेटमा बोर्जा मायोरालको गोलमा गेटाफेले सुरुवाती अग्रत बनाए पनि त्यसलाई जोगाउन सकेन। 

खेलको ४७ औं मिनेटमा जोसेलुको गोलमा रियल खेलमा फर्किएको थियो। इन्ज्युरी समयको पाँचौ मिनेटमा जुडे बेलिङ्घमले गोल गर्दै रियललाई जित दिलाए। 

जितसँगै लिगमा अपराजित रहेको रियल अंक तालिकाको शीर्ष स्थानमा छ। रियलले चारबाट १२ अंक जोडेको छ। पराजित गेटाफे भने चार अंकमा १४औं स्थानमा छ।

गएराति भएको अर्को खेलमा रियल सोसिडाडले ग्रानाडालाई ५–३ ले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा छ। जितसँगै सोसिडाड ६ अंकमा सातौं स्थानमा उक्लिएको छ। 

गएराति कै अर्को खेलमा अलाभेसले भ्यालेन्सियालाई तथा रियल बेटीसले रायो भालेकानोलाई समान १–० गोल अन्तरले पाखा लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .