ad ad

बागमती


काठमाडौंको पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौंको पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

नेपालखबर
भदौ १७, २०८० आइतबार ९:१, काठमाडौँ

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार गाडी आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। 

उनका अनुसार पेप्सीकोला छाप्रो भन्ने ठाउँमामा आज बिहान साढे ८ बजे आसपास बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले टाटा मोबाइल, स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।  

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .