ad ad

खेल


एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

हार्दिक पाण्डे र ईशान किसानको साझेदारीबाट लयमा फर्कियो भारतको खेल
एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

नेपालखबर
भदौ १६, २०८० शनिबार १९:५९, काठमाडौँ

जारी एसिया कप अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ। भारतले ४८.५ ओभरमा २ सय ६६ रन बनाउँदै अलआउट भयो।

श्रृलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा भारतका लागि हार्दिक पाण्डेले ९० बलमा ७ चौका र १ छक्काको मद्दतले ८७ रनको योगदान गरे।

त्यस्तै, भारतका ईशान किसनले ८१ बलमा ८२ रन जोडे। 

खराब सुरुवात गरेको भारतका लागि किशन र पाण्डेले १ सय ३८ रनको साझेदारी गर्दै खेल लयमा फर्काए। भारतले मुख्य ४ जना ब्याटरलाई खेलको सुरुवातमै गुमाएको थियो।

वर्षाका कारण २ पटकसम्म अवरुद्ध खेलमा पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले एक्लै ४ विकेट लिए।

उनले ४ विकेट लिँदा पाकिस्तानका लागि हरिश रउफले र नसिम शाहले ३/३ विकेट लिए। 

भारतको प्लेइङ ११ः भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज।

पाकिस्तानको प्लेइङ ११ः इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ।.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .