ad ad

खेल


फरेस्टविरुद्ध युनाइटेडको पुनरागमन जित

फरेस्टविरुद्ध युनाइटेडको पुनरागमन जित

नेपालखबर
भदौ १०, २०८० आइतबार १०:४७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ। 

घरेलु मैदानमा २ गोलले पछि परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै नटिङघम फरेस्टलाई ३–२ ले हराएको हो। 

खेल सुरु भएको दोस्रो मिनेटमै ताइवो अवोनियीको गोलमा फरेस्टले सुरुवाती अग्रता बनाएको थियो।

चौथो मिनेटमा विली बोलीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको चौथो मिनेटमा नै २–० ले पछि परेको युनाइटेडले १७औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा क्रिस्टियन एरिक्सनको गोलमा पुनरागमनको संकेत गरेको थियो। 

खेलको ५२औं मिनेटमा क्यासेमिरोको गोलमा युनाइटेड २–२ को बराबरीमा आयो। ६७औं मिनेटमा फरेस्ट १० खेलाडीमा समेटिन पुग्यो। फरेस्टका जो वोरल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। 

७६औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा युनाइटेडले लिगमा दोस्रो जित निकाल्न सफल भयो।

जितसँगै युनाइटेडले तीन खेलमा दुई जित र एक हार भोग्दै ६ अंकमा छैटौं स्थानमा उक्लिएको छ। 

गएराति भएकै अर्को खेलमा आर्सनल र फुलहमले २–२ को बराबरी गर्दै अंक बाँडे। यस्तै ब्रेन्टफर्ड र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी गर्दै अंक बाँडे।

अर्को खेलमा टोटेनहमले बर्नमाउथलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। ३ खेलबाट ७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा हुँदा वेष्ट ह्याम भने शीर्ष स्थानमा छ। 

गएराति कै अर्को खेलमा वेस्ट ह्यामले ब्राइटनलाई ३–१ ले पाखा लगाउँदै शीर्ष स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .