ad ad

खेल


एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको पहिलो जित

एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको पहिलो जित

नेपालखबर
भदौ १०, २०८० आइतबार १०:५९, काठमाडौँ

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग १ मा पहिलो जित दर्ता गरेको छ। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ ले हराउँदै लिगमा पहिलो जित हासिल गरेको हो। 

खेलको ४४औं मिनेटमा जयर एर्मीको पासमा मार्को एसेन्सियोको गोलमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो। 

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो। 

खेलको ५२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए। एमबाप्पेले हर्नान्डेजको पासमा बललाई पोस्टको गति दिएका थिए। 

खेलको ९०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे। 

एमबाप्पले यो सिजन पहिलोपटक दुई गोल गरेका हुन्। पहिलो खेलमा टोली बाहिर रहेका एमबाप्पे दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। 

तर खेलको अतिरिक्त समयको पाँचौँ मिनेटमा मोगेन गुइलाभोगुइले टोलीका लागि सान्त्वना गोल गरे। 

सुरुवाती २ खेलमा बराबरी गरेको पीएसजीले लिगमा पहिलो जित दर्ता गरेको हो। जितसँगै पीएसजी ५ अंकमा चौथो स्थानमा उक्लिएको छ। 

गएराति भएको अर्को मार्सेलोले ब्रेस्टलाई २–० ले हराएको छ। जितसँगै मार्सेलो ७ अंकमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .