खेल


मैत्रीपुर्ण खेलमा क्यान ११ एक सय ३५ रनले विजयी

मैत्रीपुर्ण खेलमा क्यान ११ एक सय ३५ रनले विजयी

वाशुदेव मिश्र
माघ ६, २०७६ सोमबार १४:१८,

पोखरामा बन्द सत्रमा रहेको नेपाली राष्ट्रिय टिम सम्मिलित नेपाल क्रिकेट संघ (क्यान) ११ ले मैत्रीपूर्ण खेलमा मलेसिया ११ लाई एक सय ३५ रनले हराएको छ।

क्यान ११ का लागि नेपाली राष्ट्रिय टिमका बलर करण केसी र कमलसिंह ऐरीको उत्कृष्ट प्रदर्शनसँगै मलेसिया ११ सस्तोमै समेटिएको हो। निकै उत्कृष्ट फर्ममा रहेका केसी र ऐरीले मेडन ओभर राख्दै समान ३–३ विकेट लिए। ८ ओभर खेलेका केसीले दुई ओभर मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट लिए। ७ ओभर खेलेका ऐरीले एक ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यान ११ ले मलेसियालाई २ सय ७८ रनको लक्ष्य दियो। चौथो विकेटको लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सुवास खकुरेल १२, ज्ञानेन्द्र मल्ल १९ र पारस खड्का १५ रनमा आउट भए।

चौथो विकेटको लागि शतकीय साझेदारी निभाएपछि बोर्ड ११ ले सम्मानजनक स्कोर तयार पा-यो। आरिफ १ सय १ रनमा नटआउट (रिटायर्ड) रहे। उनले १ सय ५ बल खेल्दै ७ चौका र ५ छक्का हिर्काए।

उनले स्ट्राईकमा साथ दिँदै महत्वपूर्ण साझेदारी निभाउने क्रममा सन्दीप जोराले व्यक्तिगत अर्धशतक पूरा गरेका थिए। उनले ५८ रनमा आउट हुदाँ ७० बल खेल्दै ८ चौका र १ छक्का हिर्काएका थिए।

क्यान ११ ले ५८ रन बनाउने क्रममा तीन विकेट गुमाइ सकेको थियो। चौथो विकेटको लागि १ सय ५३ रनको साझेदारी गर्दै क्यानको ११ को योगफल उकासे। चौथो विकेट २ सय ११ रन बनाउँदा गुमाएको घरेलु टोलीले पाँचौ विकेट २ सय १४ रनमा गुमाएको थियो।

४७ ओभर खेल्ने क्रममा २ सय ७७ रनको योगफल तयार पार्दा करण केसीले २६ रन हिर्काए। पवनदिप सिंहले ३ विकेट लिने क्रममा ३१ रन खर्चिए। त्यसैगरी मोहम्मदी आरिफले पनि ३ विकेट लिन ३३ रन दिएका थिए। २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया १ सय ४२ रनमै समेटियो।

३७.३ ओभर खेल्दै १ सय ४२ रनमा अलआउट हुदाँ सायद अजिजले २८ रन बनाए। २९ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हाने। करण केसीले उनको विकेट लिएका थिए। आइनुल हकिमले पनि समान २८ रन नै बनाउने क्रममा ४७ बलको सामना गरेका थिए। उनले ४ चौका हिर्काए।

कुशल मल्लको बलिङमा एलबी डब्लुको धरापमा पर्दै पवेलियन फर्किए। भिरन्दिप सिंहले २४ रन जोडे। ५० बल खेलेका सिंहले ३ चौका हिर्काएका थिए। अविनाश बोहोराको बलमा पारस खड्काले क्याच आउट गरे। कुशल मल्लले ८.२ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए।

गत शनिबार कास्की ११ लाई मैत्रीपूर्ण खेलमा सहज पराजित गरेको मलेसिया ११ सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ(क्यान) बोर्ड ११ सँग १ सय ३५ रनको फराकिलो हार व्यहारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad