भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोमबार (जनवरी २०)का दिन मोबाइल एप रिचार्जरमा सञ्चालित बिगसेल २०२० सफल भएको रिचार्जरले जनाएको छ। पहिलो पटक रिचार्जरले सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभरी निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए।
ग्लाइडरका अनुसार बिगसेलका दिन साँझ ६ बजेसम्ममा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएका छन्। रिचार्जरको इतिहासमा पहिलो पटक आयोजना भएको बिगसेलले इतिहास बनाएको भन्दै ग्लाइडरले आम सेवागरुाही तथा रिचार्जरका प्रयोगकर्तालाई धन्यवाद दिए। बिग सेलका दिन सञ्चालन गरिएका अफरमा अरु धेरै अफरहरु थप गर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा थप गर्दै लैजाने बताए।
सेवाग्राहीको अधिक चासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको बताएका ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए। बिगसेलमा देखिएको समस्याबाट आगामी दिनका लागि पाठ सिक्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै लैजानेमा विश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरे।
भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराएको थियो।
‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं। रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु। बिगसेलका अफरलाई जनवरीको अन्तिमसम्म निरन्तरता दिइने छ’ ग्लाइडरले भने।
उक्त अवधिमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ। यसै गरी हरेक खरिदकर्ताहरुलाई गोलाप्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ। विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जरमा सहभागिता जनाउन सक्ने छन्।
भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनिसुरु गर्दैछ। जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन्। जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ।
बिगसेलका दौरान नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ । विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ।
जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणीस्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराउनेछ।
'अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस्' भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकै स्थानमा उपलब्ध गराउँदै आएको छ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया