ad ad

खेल


पारोलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा प्रवेश

अबको खेल भारतीय लिग च्याम्पियन मोहन बगानसँग खेल्ने
पारोलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा प्रवेश

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २३, २०८० मंगलबार १९:३६, काठमाडौँ

भुटानको लिग च्याम्पियन पारो एफसीलाई हराउँदै मछिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन््रदले पारो एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो। 

दोस्रो चरणमा मछिन्द्रले आगामी ३१ गते भारतीय लिग च्याम्पियन मोहन बगानको सामना गर्नेछ। 
पहिलो हाफमा ३–१ ले पछि परेको पारो एफसीले खेलको ७० औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो। 

पारो एफसीका इभास अशान्तीले गोल गर्दै ३–२ को अवस्थामा ल्याए। 

खेलको अन्तिम मिनेटमा अशान्तीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल राईले पन्च गर्दै क्लियर गर्दा पारोले बराबरीको सुन्दर मौका गुमायो। 

इन्ज्युरी समयमा विमल घर्तिमगरले खाली पोष्टमा गोल गर्ने मौका गुमाउँदा मछिन्द्रले अग्रता बनाउनबाट चुक्यो। 

त्यसअघि खेलको सातौ मिनेटमा पारो एफसीले मछिन्द्रविरुद्ध सुरुवाती अग्रता लिएको थियो। 

पारोका एसु दर्जीको क्रसमा काजु होम्माको प्रहार मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले बचाउन खोज्दा खेलाडीबीच तालमेल नमिलेपछि गोलमा परिणत भयो। 

खेलको १२औं मिनेटमा विमल घर्तिमगरको गोलमा मछिन्द्र खेलमा फर्किएको थियो। 

१५औं मिनेटमा विमल घर्तिमगरको पासमा आयुष घलानले बललाई पोष्टको जाली चुमाउँदै मछिन्द्रलाई २–१ को अग्रता दिलाएका थिए। 

खेलको ४०औं मिनेटमा मछिन्द्रले पारेविरुद्ध ३–१ को अग्रता बनाएको थियो। मछिन्द्रका आयुष घलानको क्रसमा करिम ओमोलाजाको पासलाई अफिज ओलावालेले बललाई उत्कृष्ट फिनिसिङ टच दिएका थिए। 

खेलको ४४औं मिनेटमा आयुष घलानको प्रहार पोष्टको नजिकबाट बाहिरिदाँ अग्रता बनाउने अवसर मछिन्द्रले गुमायो। 

शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग एएफसी क्लब लाइसेन्स नभएपछि मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको हो। मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपको छनोट खेलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .