खेल


कोलम्बिया पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा

कोलम्बिया पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा

नेपालखबर
साउन २३, २०८० मंगलबार १५:५४, काठमाडौँ

जमैकालाई पराजित गर्दै कोलम्बिया पहिलो पटक फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार अष्ट्रेलियाको मेलबर्न रेक्ट्याङगुलर स्टेडियममा भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भएको थियो। 

खेलको ५१औं मिनेटमा कप्तान क्याटालिना युस्मीले गरेको गोल नै कोलम्बियाका लागि निर्णायक बन्यो। 

कोलम्बियालले अब क्वार्टरफाइनलमा शनिबार युरोपियन च्याम्पियन इङल्याण्डको सामना गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad