ad ad

खेल


आईसीसी वुमन्स टी-२० विश्वकप एशिया छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

आईसीसी वुमन्स टी-२० विश्वकप एशिया छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

फाइल फोटो


नेपालखबर
साउन १६, २०८० मंगलबार १२:५९, काठमाडौँ

आईसीसी वुमन्स टी-२० विश्वकप एशिया छनोटका लागि प्रारम्भिक क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विश्वकपको एशिया छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

विश्वकपको एशिया छनोट २८ अगष्टदेखि ६ सेप्टेम्बरसम्म मलेसियामा हुनेछ।

एशिया छनोटमा ११ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

नेपालले ३१ अगष्टमा घरेलु टोली मलेसियासँगै छनोटको सुरुवात गर्नेछ। सेप्टेम्बर १ मा बहराई, ३ मा भुटान र ४ सेप्टेम्बरमा कतारसँग खेल्ने तालिका छ। अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्ने तालिका छ,

नेपाल रहेको समूह ए मा बहराईन, भुटान, मलेसिया, कतार, युएई रहेका छन्। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन्।

नेपालको प्रारम्भिक टोलीः
रुविना क्षत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी वेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवि पोडार, खुसी डंगोल, पुजा महतो, सवनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, श्रृष्टि जैसी, स्नेहा महरा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .